• ४ साउन २०८३, सोमबार
  • २:०४ बिहान

ट्वीटरमा नाङ्गो तस्बिर चिनेर मेट्न सक्ने प्रविधिको विकास हुदै

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०४:५२

एजेन्सी, सोसल मिडिया ट्वीटरले नाङ्गो तस्बिर चिनेर मेट्न सक्ने प्रविधिको विकास गर्न लागेको छ । ट्वीटरको व्यक्तिगत सन्देशमा पठाइने नाङ्गो तस्बिर चिनेर मेट्न सक्ने प्रविधिको विकास गर्न लागेको हो । अमेरिकाको सियाटलमा एक जना सफ्टवेयरकर्ता केल्से ब्रेस्लरले यस्तो प्रविधिको विकास गर्न लागेका हुन् ।

उनी अहिले एकजना साथीलाई आर्टिफिसिअल इन्टलिजेन्स प्रयोग गरेर लिङ्गका तस्बिर पत्ता लगाउने र मेट्ने प्रविधि विकास गर्न सघाइरहेकी छन् । यो प्रविधि प्रयोग गर्न ब्रेस्लरको टोलीले एउटा इमेल बनाएर पुरुषहरूलाई नाङ्गो तस्बिर पठाउन भनेका थिए । सो इमेलमा प्राप्त भएका तस्बिरका आधारमा यो प्रविधिको परीक्षण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सुरुवाती परीक्षणमा लिङ्गमाथि अरू केही सामान राखेका तस्बिरहरू पत्ता लागेको छैन । तर यो सफ्टवेअरले धेरै नाङ्गो तस्बिरहरू पत्ता लगाएको छ । यसलाई ठूलो सफलता मानिएको छ ।

Kamana Sewa

ट्वीटरमा नाङ्गो तस्बिर पठाउनु भनेको बाटोमा कसैलाई गुप्ताङ्ग देखाएजस्तै हुने भन्दै उनी भन्छिन्, “जब तपाईँ नचाहेको नाङ्गो तस्बिर पाउनुहुन्छ तब तपाईँलाई बेइज्जत गरिएको महसुस हुन्छ। यो कसैलाई बाटोमा गुप्ताङ्ग देखाएको जत्तिकै हो। तपाईँलाई जबरजस्ती देखाइएको कुरा कहिल्यै स्वीकार्य हुन सक्दैन।”

Classic Tech Desktop

उनले आफुले गरिरहेको परीक्षणलाई ठूलो सफलता मान्दै उनले भनिन्, ट्वीटरले यसलाई समाधान गर्न चासो देखाएको छैन् । यदि हामीले यो प्रविधि केही दिनमा निर्माण गर्न सक्छौँ भने मलाई थाहा छैन प्रविधि कम्पनीहरू यत्रो समय के गरेर बसेका छन्।”

प्रतिकृया