पातञ्जलद्धारा दुई सय योग प्रशिक्षक भए दिक्षित
प्रकाशित मिति
२०७६ भाद्र १८ गते, बुधबार ०१:५१
नबराज काफ्ले
भक्तपुर, पातञ्जल योग समिति नेपाल भक्तपुरले एक विशेष कार्यक्रमको आयोजना गरि २ सय योग प्रशिक्षकलाई प्रमाणपत्रद्धारा दिक्षित गरेको छ ।
भक्तपुर एवं बाहिर जिल्लाका योग साधना केन्द्रहरुबाट छनौट गरि निश्चित समयावधि भित्र प्रशिक्षित गराई उर्तिण भएका प्रशिक्षार्थीहरलाई मात्र दिक्षित गरिएको जिल्ला अध्यक्ष योग प्रसाद आचार्यले जानाकारी गराउनु भयो ।
भक्तपुर जिल्ला भित्र योगको शुभारम्भ गरिएको शुभकामना सामूहिक योग साधना केन्द्रको १३ औ स्थापना दिवस कार्यक्रमलाई पनि जोड्दै बालकृष्ण प्रधानको अध्यक्षतामा पुर्णमाया बासुकला उपाध्यक्ष, मनिषा भुजु सचिव,कृष्णप्यारी सुवाल कोषाध्यक्ष एवं असलमाया सुवाल,विन्द्रा वल्ल, लक्ष्मीकेशरी चिकंवन्जार,कमला केसी,विष्णुकेशरी नागा, मैया वल्ल,रामलक्ष्मी त्वाएना सदस्यहरु रहेको ११ सदस्यीय पातञ्जल भक्तपुर नगरसमिति सर्वसम्मत चयन गरिएको जिल्ला सचिव श्रृजनामल्ल ठकुरीले जनकारी गराउनुभयो ।
सोहि कार्यक्रमका विच पातञ्जल योग समिति नेपालको संस्थागत विधान अनुरुप २५ हजार शुल्क बुझाई प्रदेश ३ का माननीय रजनी जोन्छे सहित २० जना पातञ्जल योग प्रेमीहरुबाट आजिवन सदस्यता ग्रहण गर्नुभएको केन्द्रिय कोषाध्यक्ष जानुकादेवी भट्टाराईले जानाकारी गराउनु भएको छ ।
माननीय रजनी जोन्छेले पातञ्जलले राष्ट्रिय स्वाभीमानका साथ योगजागरण अभियान शुभारम्भ गरेको विषयमा खुशी प्रकट गर्दै प्रदेश नं ३ सरकारबाट मेरो व्यक्तिगत र संस्थागत तवरले सकेको सहयोग जुटाउन क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरि पातञ्जल योग समिति नेपालका संरक्षक एवं योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालले जिल्लाभरका सबै यौगिक संस्थाहरु सँगको समन्वय र सहकार्यबाट योग जिल्ला घोषित भक्तपुरलाई योगमय बनाउने तर्फ सबै एकजुट भई अब एउटा निश्चित कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवाश्यकता भएको विषयमा आफ्नो धारणा राख्नु भयो ।
पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले दिक्षित योग प्रशिक्षार्थीहरुलाई आ आफ्नो भूगोलमा केन्द्रित बनी संस्थागत मूल्यमान्यता एवं आचारसंहिताको परिधिभित्र रहि योगजागरण अभियानमा क्रियाशिल हुन अपिल गर्नुभएको छ ।
त्यसैगरि पतञ्जली योग समिति काठमाडौ महानगरपालिका वडा नं १०का अध्यक्ष गंगा गिरीले पातञ्जल योग समिति नेपालको अभियान प्रति एक्येबद्धता जनाउदै संस्थागत उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।







प्रतिकृया