कपनमा ग्याङफाइट हुँदा एक जनाको मृत्यु
प्रकाशित मिति
२०७६ भाद्र १८ गते, बुधबार ०१:३७

काठमाडौं, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० कपन आदर्शनगरमा मंगलबार राति दुई समूहबीच ग्याङफाइट भएको छ । ग्याङफाइटमा एक जनाको मृत्यु भएको छ र मुत्यु हुनेमा खोटाङको बारापोखरा नगरपालिका–६ घर भई कपनस्थित आदर्शनगर बस्दै आएको १८ वर्षीय सञ्जय राई रहेका छन् ।
कुटपिटबाट गम्भीर घाइते भएका सञ्जयको उपचारको क्रममा महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा राति सवा ११ बजे मृत्यु भएको प्रहरी प्रभाग कपनले जनाएको छ ।
सञ्जयको हत्यामा संलग्न संखुवासभाका ३१ वर्षीय प्रेम राई र इलामका २६ वर्षीय सुसान राई, मोरङको भला नगरपालिका–३ का अजय राई, सोलुखुम्बुका सागर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
अजय र सागरलाई रातिनै र प्रेम र सुसनलाई आज बिहान ९ बजे बौद्ध आरुवारी क्षेत्रमा लुकेर बसेको अवस्था प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया