• 5:32 pm

जथाभावी लत्रिएका केबुल तथा ईन्टरनेटका तार पन्ध्रदिन भित्र व्यबस्थापन नगरे कारबाही गरिने

प्रकाशित मिति

२०७६ भाद्र १८ गते, बुधबार ०२:१९

नबराज काफ्ले

भक्तपुर, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट र हनुमन्ते सफाई अभियानको संयोजनका सरोकारवाला निकाय बिच सडक भरी जथाभावी लत्रिएर दुर्घटनाको कारण बन्दै आएको केबुल तथा ईन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरु आगामी १५ दिनभित्र व्यबस्थापन नगरे कारबाही गरिने भएको छ ।

मंगलबार प्रमुख भट्ट र हनुमन्ते सफाई अभियानको संयोजनका सरोकारवाला निकायहरु बिच भएको छलफलमा यस्तो निर्णय भएको हो ।

प्रमुख भट्टले कुनैपनि बाहनामा केबल टिभि तथा ईन्टरनेट प्रदायक कम्पनीले पन्छिन नपाउने भन्दै १५ दिन भित्र सडकमा लत्रिएका तार केबुल टिभि र ईन्टरनेट कम्पनीलाई व्यबस्थापन गर्न निर्देशन दिनुभयो । कम्पनीले व्यबस्थापन नगरे अन्यथा कारबाही अगाडि बढाउने र लत्रिएका सबै तार काटेर व्यबस्थापन गरिने बताउदै त्यसबाट पुग्ने असुविधाको जिम्मेवारी स्वयं कम्पनीले लिनुपर्ने बताउनुभयो ।

उहाँले गल्ती निजी कम्पनीले गर्ने अनि त्यसको दोष सरकारलाई दिने प्रबृत्ति बढेकाले तत्काल तार व्यबस्थापन गर्न निर्देशन दिनुभएको हो ।

हनुमन्ते सफाई अभियानका सहसंयोजक एवं सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुन बस्नेतले सडकको विचमा रहेको विद्युत र टेलिकमको खम्बा अझै नसारिदा निकै समस्या आएकाले यसको व्यबस्थापनमा समन्वय गरिदिन प्रजिअलाई आग्रह गर्नुभयो ।

हनुमन्ते सफाई रुद्र पौडेलले अरनिको राजमार्ग खण्डको जरिबुटीदेखि नै अब्यस्थित रुपमा गुजुल्टो बनाएर लतारिएका नेपाल टेलिकम, बिभिन्न ईन्टरनेट प्रदायक कम्पनीका तारहरुले दैनिक दुर्घटना बढाएको बताउनुभयो ।

अभियन्ता नवराज काफ्लेले समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरण मध्यपुरथिमि शाखाका प्रमुखको नेतृत्वमा १३ सदस्यीय समिति गठन भएपनि यसलाई प्रभावकारी बनाउन प्रजिअले भूमिका निर्वाह गर्नुपर्ने औल्याउनुभयो ।

हनुमन्ते सफाई अभियानका दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले गत शनिबार सफाई अभियान कै क्रममा जडिबुटीदेखि लोकन्थलीसम्मको लत्रिएका तीन ट्रक तार व्यबस्थापन गरिएको बताउदै लत्रिएका तारबाट हुने दुर्घटनाको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गर्नुभयो ।

छलफलमा नेपाल विद्युत प्राधिकरणका थिमि शाखाका प्रमुख मेघनाथ ढकालले अनुमति र सम्झौता समेत नगरी नियम विपरित ईन्टरनेट प्रदायक कम्पनी र केबल टेभिले विद%A

प्रतिकृया