• २० भदौ २०८३, शनिबार
  • ९ः४५ बिहान

नक्कली भारतीय रुपैयाँ सहित दूई जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र ६ गते, शुक्रबार ०३:३३

पर्सा, वीरगंज महानगरपालिका १६ ईदगाहा चोकबाट २ हजार दरको नक्कली भारतीय रुपैयाँ ९५ थान सहित २ जना पक्राउ बिहीबार परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२ बस्ने ४८ वर्षीय जमिल अकतर र बहुदरमाई नगरपालिका–२ बस्ने ३४ वर्षीय दिलिप कुमार साह रहेका छन् ।

National Life

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया