• १९ भदौ २०८३, शुक्रबार
  • २ः१९ राती

डिउटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ०३:१५

काठमाडौं, काठमाडौं महानगरपालिका–१५ सातदोबाटोस्थित डिउटीमा खटिएका प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने नवलपरासी, रजहर बट्टाडी बस्ने २८ वर्षीय सन्तोष परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले ना।६ ख ६७४ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक परियारले उक्त रकम प्रहरीलाई दिन खोजे पश्चात उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Kamana Sewa

प्रतिकृया