डा इवामुरा अस्पतालमा दुर्विन प्रबिधि शल्यक्रिया सञ्चालनमा
प्रकाशित मिति
२०७६ भाद्र ३ गते, मंगलवार ०६:२८
भक्तपुर, भक्तपुको सल्लाघारी स्थित डा इवामुरा मेमोरियल अस्पतालले पित्तथैलि पत्थरिका समस्याबाट मुक्त हुन दुर्विन प्रबिधिका साथ शल्यक्रिया प्याकेज सञ्चालन गरिरहेको छ ।
यस अघि पनि सञ्चालनमा ल्याएको बृहत प्यकेज शिविर सञ्चालनबाट २०० भन्दा बढी रोगीले सेवा सुविधा लिइसको र फेरी पनि बिरामीको मागसँगै प्याकेज सर्बसुलभ तवरमा दुर्विन प्रबिधिका साथ शल्यक्रिया प्याकेज सञ्चालन ल्याउन लागेको संचालक जीवन मारिखुले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो ‘उपत्यका लगाएत बिभिन्न जिल्लाबाट बिरामीले बिगतमा समेत यो सेवा लिइसकेको र बिरामीहरुको मागलाई मध्यनजर गर्दे अस्पतालले यो प्रयास गरेको हो ।’

उहाँले भने यसरी पत्थरीको शल्यक्रिया दुर्बिन प्रबिधिको माध्यमबाट प्वाल पारेर गरिने हुनाले अपरेशपन पछि कम दुखाई हुने र कम औषधि र चाँडै निको हुने भएकोले यो शिबिर बाट लाभ लिन समेत अस्पताल परिवारले आग्रह गरेको छ । अस्पतालमा स्वास्थ परिक्षण गरेर लाभ लिन सेवाग्राहीले अस्पतालको सम्र्पक नं. ०१–६६१२७०५, ६६१२६९५ र ९८६१९३७३४५ गर्नु हुन समेत मारिखुले आग्रह गर्नु भयो ।
पित्तथैलीको पत्थरीका लक्षणहरु देखिने जस्तो चिल्लो खानाबाट पेट फूल्ने वा दुखाई, पेटको दाँया कोख वा पेटको बीचमा दुखाई दाँया काँधमा दुखाई,ढाडमा दुखाई,एक्कासी तौल घट्नु, धेरै दिसा भइराख्ने लगाएतका शारिरक समस्या निको पार्न सकिने खालको प्याकेज सञ्चालनमा ल्याएकाले स्वाथ्य परिक्षण गरि आफ्नो रोगको पत्तो लगाएर निको हुन समेत उहाँले आग्रह गर्नुभयो ।




प्रतिकृया