• ५ साउन २०८३, मंगलबार
  • ८:२९ बिहान

आज एसियन सेन्ट्रल जोन भलिबलको खेल तालिका सार्वजनिक हुने

प्रकाशित मिति

२०७६ श्रावण ३१ गते, शुक्रबार ०९:४४

काठमाडौं, आगामी सोमबारदेखि नेपालमा हुने एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिदैंछ । यसको जिम्मेवारी पाएको प्राविधिक कमिटी हिजै काठमाडौं आइपुगेको छ । कमिटीको आज बस्ने बैठकले खेल तालिकासँगै प्रतियोगिता सञ्चालनको लागि आवश्यक अन्य सम्पूर्ण प्राविधिक विषय टुंग्याउनेछ ।

प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान सहभागी छन् । यी सात टिमलाई दुई समूहमा विभाजन गरिनेछ । जसमा एक समूहमा चार र अर्कोमा तीन टिम राखिनेछ । दुवै समूहका उत्कृष्ट दुई टोली सेमिफाईनलमा पुग्नेछन् । यो प्रतियोगितामा नेपालको लक्ष्य कम्तिमा पनि शीर्ष तीनभित्र रहँदै पदक जित्नु रहेको छ ।

Kamana Sewa

प्रतिकृया