• ५ साउन २०८३, मंगलबार
  • ४:२० बेलुका

सर्वसाधारणलाई सेयर जारी गर्ने विद्युत् प्राधिकरणको तयारी

प्रकाशित मिति

२०७६ श्रावण ३१ गते, शुक्रबार १०:०९

काठमाडौं, नेपाल विद्युत् प्राधिकरण सर्वसाधारणलाई सेयर जारी गर्ने तयारीमा जुटेको छ । वर्षौंसम्म घाटामा रहेको प्राधिकरण गत तीन वर्षदेखि लगातार नाफामा छ । तीन वर्षअघि ३४ अर्ब रहेको प्राधिकरणको कुल सञ्चित नोक्सानी घटेर करिब १५ अर्बमा झरेको छ । प्राधिकरण यो सञ्चित नोक्सानीको अवस्था हट्नासाथ सर्वसाधरणलाई सेयर जारी गर्ने योजनामा रहेको कार्यकारी निर्देशक कुलमान घिसिङ बताउनु भयो ।

हालको सबै सञ्चित नोक्सानीलाई सरकारले मिनाहा गरेमा सर्वसाधारणलाई सेयर दिने बाटो खुल्ने घिसिङको भनाइ छ । तर, त्यसका लागि केही समय तयारी भने आवश्यक पर्ने उहाले बताउनु भयो । आर्थिक वर्ष ०७४र७५ मा प्राधिकरणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोडमा झरेको थियो । प्राधिकरणले बितेको एक वर्षमा नै सञ्चित नोक्सानी १० अर्बले घटाएको छ । हालको सञ्चित नोक्सानी सरकारले मिनाहा गरे त्यसको प्रतिफल पुनः राज्यलाई प्राप्त हुने प्राधिकरणको दाबी छ ।

Kamana Sewa

हाल नयाँ विद्युत् प्राधिकरण ऐनको मस्यौदा तयार भइरहेको छ । ऊर्जामन्त्री वर्षमान पुनका अनुसार प्राधिरकणलाई थप बलियो बनाउने गरी ऐन संशोधनको तयारी छ । प्राधिकरणलाई थप जनउत्तरदायी र प्रभावकारी संस्थामा रुपमा स्थापित गर्न नयाँ ऐनले बाटो खोल्ने उहाको भनाई छ ।

Classic Tech Desktop

प्रतिकृया