• ७ असोज २०८३, बुधबार
  • २ः१८ राती

अवैध लागूऔषध सहित तीन जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार ०३:४९

काठमाडौं, उदयपुर, त्रियुगा नगरपालिका–६ लालपत्ताबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, नोर्फिन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र नगद ७ हजार २ सय ३० रुपैयाँ सहित सिराहा भगवानपुर गाउँपालिका–२ बस्ने २० वर्षीय मुकेश कुमार यादब र २३ वर्षीय रमेश कुमार महतोलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

National Life

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले स.७ प ८८०९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिराहा, गोलबजार नगरपालिका–४ आयुष बस काउन्टरबाट सोही ठाउँ बस्ने ४० वर्षीय मनोज कुमार साहलाई लागूऔषध १ सय एमएलको डाईलेक्स डिसी ७ बोतल, नाईट्राभेट ट्याब्लेट १० थान, नेपाली नगद ३१ हजार ५ सय ८५, भारतीय रुपैयाँ ४ हजार ३ सय २० र विभिन्न बिदेशी मुद्रा ७ थान सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त काउन्टरमा निज साहले बस ढिलो आईपुगेको भनी ना.८ ख ५८३७ नम्बरको बस धनी ४५ वर्षीय धनिकलाल साहसँग विवाद गरी कुटपिट गर्दा धनिकलाल सामान्य घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले मनोजलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध तथा नगद बरामद भएको हो ।

घाइते धनिकलाललाई उपचारको लागि स्थानीय मेडिकल लगिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया