• १ असोज २०८३, बिहीबार
  • ९ः०४ बिहान

परम्परागत धर्म संस्कारको संरक्षण गर्न पुर्व जि बि स सदस्य सुगुर पालन व्यवसायमा

प्रकाशित मिति

२०७६ श्रावण २७ गते, सोमबार ०५:४५

प्रदिप मलासी, बझाङ्गको जयपृथवी नगरपालिका वाड न ३ सुनाडुग्रीमा बझाङ्गमा सुगुर तथा बंगुर पालन व्यवसाय संचालनमा आएको छ । २०५४ सालको स्थानिय चुनावमा जिल्ला बिकास समिति बझाङ्गको सदस्य पदमा रहि जनताको सेवामा रहेका गोबिन्द नेपाली अहिले परम्परागत रूपमा हिजु बाजेको पाला देखि मसानी देवताको पुजा आरधनामा सुगुर बलि दिने गरेको प्राचिन संकारको संरक्षण गर्ने उश्द्देयले सुगुर व्यवसायको थालनी गरेका छन ।

National Life

लोपउन्मुख जातीको कालो सुगुर लाई बझाङ्गको अधिकांश क्षेत्रमा रहेका मसानी देवता र काल्सिन देवता को पुजामा कालो घरेलु सुगुर बच्छा छाउराको बल दिएर आफनो मनोकांक्षा पुरा हुन्छ भन्ने बिश्वास बढेको छ । निजि लगानीमा खोलेको सुगुर तथा बंगुर पालन व्यवशाय लाई सोचे जति नभए पनि जिविको पार्जन लाएको आम्दानी स्रोत पनि बनेको छ । हुन त नेपाल कृषि प्रधान देश हो सरकारले कृषि क्षेत्रमा लगानी गरि रहेको छ । तर सो लगानी मात्र हुने खानेका लागि सिमित छ । राज्यले हाम्रो देशका व्यापार व्यावसाय लाई लगानी नै नगर्ने हो भने देश कसरी सम्रद्घ बन्न सक्छ ।

प्रतिकृया