• ४ असोज २०८३, आइतबार
  • ६ः१६ बेलुका

भारी वर्षापछि महेन्द्रनगर डुबानमा

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ०२:०१

कञ्चनपुर, सोमबार रातिबाट परेको भारी वर्षापछि महेन्द्रनगर क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण भिमदत्त नगरपालिकाको महेन्द्रनगर बजार, सुकुम्बासी टोल, बसपार्क क्षेत्र, ऐठपुर, भगतपुरको खोल्टी, जिमुवा क्षेत्रमा लगायतका क्षेत्र डुबानमा परेका हुन् ।

National Life

भिमदत्त नगरपालिका–९ मा ८ वटा घरमा पानी पसेको र डुबानमा परेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरी जानकारी दिएको छ ।

यसैगरी अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेको छ । कञ्चनपुर लगायत चुरे क्षेत्रमा भएको वर्षाले महाकाली नदीको सतह खतराको संकेत पार गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

। महाकाली नदीमा पानीको बहाव १ लाख १३ हजार क्यूसेक पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ । नदीमा पानीको बहावले खतराको संकेत पार गरे पनि भारतले शारदा ब्यारेज (पुल) मा चारपांग्रे सवारीसाधानमा रोक लगाइएको छ ।

प्रतिकृया