राखेपको प्रचार प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई
प्रकाशित मिति
२०७६ श्रावण १५ गते, बुधबार ०२:३९
काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रचार प्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ । २०७६ साल साउन १४ गतेको सदस्य–सचिवस्तरीय निर्णयानुसार दुलाईलाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।
राखेप अन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधबार पत्र हस्तान्तरण गरे । प्रमुख थापाले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रमुखमा नियुक्त भएकोमा बधाइ दिनु भयो ।
उहाँले कुनै बेला प्रचार प्रसार शाखालाई महत्वपूर्ण शाखाका रुपमा हेरिने गरेको बताउदै अहिले विगतको तुलनामा प्रचार प्रसार शाखाको साख घटेको आफूले महशुस गरेको बताउनु भयो । उहाँले प्रचार प्रसार शाखाको गुमेको साखलाई पुनः फर्काउन सफलता मिलोस् भनी शुभकामना दिनु भयो । यसअघिका प्रमुख सुधिरप्रसाद पोखरेलले ५८ वर्ष उमेर हदका कारण साउन ८ गते अनिवार्य अवकाश पाएपछि प्रचार प्रसार शाखामा प्रमुखको पद रिक्त थियो ।






प्रतिकृया