• ४ साउन २०८३, सोमबार
  • ७:१८ बेलुका

चीनको उच्च प्रविधियुक्त सेना बनाउने योजना सार्वजनिक

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०६:५७

बेइजिङ, चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ । बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रताविरुद्ध चेतावनी दिइएको छ । सन् २०१२ यता पहिलोपटक सार्वजनिक गरिएको यस स्वेतपत्रमा विश्वकै सर्वा्धिक ठूलो सेना र बेइजिङको सैन्य महत्वाकांक्षाकाबारेमा भने केही उल्लेख छैन ।

‘अन्तर्रा्ष्ट्रिय रणनीतिक प्रतिस्पर्धा बढ्दो छ’ भन्दै उक्त दस्तावेजमा संयुक्तराज्य अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा र प्रतिरक्षा रणनीतिलाई समायोजन गरेको तथा ‘एकपक्षीय नीतिहरु’ अनुशरण गरेको उल्लेख छ । संयुक्तराज्य अमेरिकाले ‘प्रमुख राष्ट्रहरुमाझ प्रतिस्पर्धालाई जबर्जस्ती बढाएको, आफ्नो प्रतिरक्षा खर्चमा वृद्धि गरेको, आणविक, बाह्य अन्तरिक्ष, साइबर र क्षेप्यास्त्र प्रतिरक्षामा थप क्षमता निर्माण गर्नेतर्फ अग्रसर भएको तथा विश्वको रणनीतिक स्थायित्वलाई बेवास्ता गरेको’ आरोप चीनको छ ।
रासस

Kamana Sewa

प्रतिकृया