• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

विराटनगरमा निःशुल्क वाइफाई सेवा

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०६:४१

विराटनगर । विराटनगरमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरीएको छ । विराटनगर महानगरपालिकाले हिजोदेखि नगर क्षेत्रका १४ स्थानमा सो सेवा सञ्चालन गरेको हो । वल्र्ड लिङ्क प्रालि र महानगरपालिकाबीचको सम्झौतामा सो सेवा सञ्चालन गरिएको हो ।

पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक, प्रादेशिक अस्पताल(कोशी), मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत् प्राधिकरण(भृकुटी चोक), विराटनगर विमानस्थल, बसपार्क, जिल्ला प्रशासन कार्यालय मोरङ, बरगाछी, हनुमान मन्दिर(मेनरोड) र ट्राफिक चोकमा वाइफाई सेवा सुरु गरिएको छ । जडान गरिएका वाइफाईले प्रत्येक स्थानमा ५० देखि एक सय मिटर क्षेत्रमा एकसाथ २५० देखि ३५० जनाले तीन एमबिपिएस सेवा उपभोग गर्न पाउने छन् ।

Kamana Sewa

प्रतिकृया