• २१ असोज २०८३, बुधबार
  • ३ः३१ दिउँसो

नेवा पत्रकार दबु भक्तपुर अध्यक्षमा रामगोपाल

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ०१:०१

भक्तपुर,नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुर शाखाको अध्यक्षमा रामगोपाल तमखु सर्व सम्मतले चयन भएका छन् ।भक्तपुरमा शनिबार भएको तेस्रो अधिवेशनबाट तमखुको अध्यक्षतामा ९ कार्यसमिति चयन भएको हो । कार्य समितिको उपाध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा देवेन्द्र प्रजापति, कोषाध्यक्षमा चन्द्रकृष्ण श्रेष्ठ र सदस्यमा रिता दुवाल, प्रकाश मल्ल, राजन गारु, ऋषिकेश श्रेष्ठ र सिमान्त शिल्पकार चयन भएका छन् । त्यस्तै पार्षदमा बाबुकाजी श्रेष्ठ, रत्नकृष्ण श्रेष्ठ, पूर्ण भक्त दुवाल, राजाराम नापित र कृष्ण किसी चयन भएका छन् ।

National Life

सभाको उद्घाटन गर्दै दबुका केन्द्रिय अध्यक्ष श्रीकृष्ण श्रेष्ठले सरकारले ल्याएको मिडिया बिधेयक सरोकारवालाहरुसँगको बिना छलफल र समन्वयको आधार ल्याउन खोज्दा बिरोध भएको बताए । उनले संविधान नै मिडिया सम्वन्धी गलत व्याख्या गरेको बताउँदै उक्त ऐन नै खारेजी गर्नुपर्ने बताए ।उनले भने नेवारी समुदायको कला संस्कृति र सम्पादाको जीवन्तता र प्रर्वदनका लागि दबुले रचनात्मक भूमिका खेल्न सक्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिले पनि बिभिन्न बहानामा प्रेस माथि आक्रमण भैरहेको बताउँदै सबै पत्रकार एक भएर यस पेशालाई ब्यबसायीक,सुरक्षित र स्वतन्त्र बनाउन लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा शिल्पकार समाजका अध्यक्ष गणेशभक्त शिल्पकार,भक्तपुर पर्यटन बिकास समिति अध्यक्ष रामसुन्दर भेले,घरेलु तथा साना उद्योग संघका अध्यक्ष बिरेन्द्र जति,दबुका केन्द्रीय उपाध्यक्ष सुरजबीर बज्राचार्य,केन्द्रीय कोषाध्यक्ष सुरन्द्रभक्त श्रेष्ठ,आदिबासी जनजाती पत्रकार महासंघ भक्तपुरका रामचन्द्र प्रजापति, दबु भक्तपुर शाखाका निबर्तमान अध्यक्ष ईश्वरकाजी खाईजु ,निबर्तमान सचिब सिमान्त शिल्पकार लगायतले दबूले संगठनात्मक बिकास र सदस्य पत्रकारहरुको क्षमता र दक्षता अभिबृद्धिका लागि जोड दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया