• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

विषादी प्रकरण– भारतबाट पठाइएको पत्र लुकाईको बारे छानविन गरी कानुनी कारवाहीः प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७६ असार २६ गते, बिहीबार ०१:४५

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा भारतले पठाएको पत्र लुकाइएको प्रकरण बारे छानविन भइरहेको बताउँदै लुकाउनेलाई कानुनी कारवाही हुने बताउनुभएको छ ।

National Life

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताउनुभयो । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उहाँले यसबारे खोजबिन भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ, विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्‍यो । यसप्रति म क्षमाप्रार्थी छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने बताउनुभयो ।

प्रतिकृया