• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

विषादी परीक्षण तत्काललाई रोकिएको भए पनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भैरहेको छ:कृषिमन्त्री खनाल

प्रकाशित मिति

२०७६ असार २६ गते, बिहीबार ०१:२७

काठमाडौं, कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी परीक्षण तत्काललाई रोकिएको भए पनि अहिलेपनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भैरहेको बताउनु भयो । उहाका अनुसार, ‘हामीले २०७१ साल असारदेखि विषादी परीक्षणको सुरु गरेका हौं, त्यतिवेला १८७ स्याम्पलमा चेकजाँच गरिएको थियो, तर केहीमा जोखिमपूर्ण मात्रा थियो ।’ काठमाडौं उपत्यकाबाहिर अहिलेपनि ६–७ वटा ल्याबहरु रहेका मन्त्री खनालले बताउँदै भन्नु भयो ,‘तर, ती सबै ल्याबहरु अहिले सञ्चालनमा छन् भनेर म भन्दिन् । भएका ल्याबहरु सञ्चालन गर्न म्यानपावरको समस्या छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार पनि नाकामा चेकजाँच हुँदैन । र अहिले हामीसँग भएका ल्यावहरुलाई हामी छिट्टै अन्तर्राष्ट्रियस्तरको बनाउँछौं ।’

National Life

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको क्षमतामा प्रश्न रहेको सुनाउँदै ती ल्याबलाई छिट्टै स्तरोन्नती गर्नेपनि बताउँनु भयो।क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिलेपनि जोखिमयुक्त तरकारी तथा फलफूल नगन्य मात्रामा रहेको बताउनु भयो ।

अहिलेपनि अर्गानो फोस्फेट र कार्वोनोमेट दुई वटा विषादी परीक्षण हुने गरेको र परीक्षण हुन नसक्नेलाई काठमाडौंमा ल्याउन सकिने मन्त्री खनालको भनाइ छ ।उहाँले हरेक कुरामा विषादीमात्रै छ भनेर देख्ने तरिका पनि वैज्ञानिक नभएको गुनासो पोख्दै ०७१ साल यताको रेकर्ड हेर्दा ग्रिन–जोनभन्दा तल धेरै कम मात्रामा रहेको डाटा रहेको जानकारी दिनु भयो। भारतबाट मात्रै नभएर भुटानबाट आयात हुने आलुलगायतका वस्तु र चीनबाट आयत हुने स्याउ परीक्षण हुने गरेको मन्त्री खनालले जानकारी दिनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वोच्च अदालतले हिजोमात्रै विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरुले पालना गर्नेपनि मन्त्रीले विश्वास दिलाउदै ,अहिले हामीसँग भएका सबै ल्याव र साधन र स्रोत परिचालन गरेर हामी परीक्षणको काम गर्छौं ।’ भन्नु भयो विषादी परीक्षणलगायत अन्य पूर्वाधार निर्माणको लागि चाहिने बजेटको लागि आफूले अर्थ मन्त्रालयसँग छलफल गरेर पत्र पठाईसकेको छ भने,खरिद प्रक्रिया पूरा गर्न ६ देखि १० महिना लाग्ने जानकारी दिनु भयो ।

केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भएपनि बाकीमा २ वटा प्यारामिटर मात्रै चेक हुँदै आएको उहाँले स्पष्ट पार्नु भयो । चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफुले खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्र्तगतका १४ वटा क्वारेन्टाईन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको स्पष्ट पार्नु भयो । अहिले २१ वटा विषादीमा प्रतिबन्ध गरिएको बताउँदै, विषादी ऐन अन्तिम अवस्थामा रहेकोर छिट्टै कार्यान्वयनमा आउने उहाँको विश्वास छ ।

प्रतिकृया