• १८ भदौ २०८३, बिहीबार
  • ३ः२५ दिउँसो

पत्रकार महासंघको आन्दोलन स्थगीत

प्रकाशित मिति

२०७६ असार २५ गते, बुधबार ०८:५६

काठमाडौंः नेपाल पत्रकार महासंघले आन्दोलन फिर्ता लिएको छ । राष्ट्रियसभामा प्रस्तुत भइसकेको मिडिया काउन्सिल विधेयकको बिरुद्धमा आन्दोलन गरिरहेको महासंघले नेकपा संसदीय दलसँगको वार्तामा सबै विषय संशोधनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता आएपछि आन्दोलन स्थगित गरेको हो । नेपाल पत्रकार महासंघ सडक आन्दोलनमै उत्रिएपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले महासंघलाई बार्तामा बोलाएका थिए । नेम्वाङको पहलकदमीपछि भएको तीन चरणको वार्तापछि  सहमति जुटेको हो ।

सत्तारुढ नेकपाका राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले वार्तापछि महासंघ अध्यक्षलाई सम्बोधन गरी ३ बुँदे पत्र पठाएका थिए । त्यसमा मिडिया काउन्सिल विधेयकको सम्बन्धमा महासंघलगायतले काउन्सिल गठन, स्वायत्तता र जरिवाना गर्ने व्यवस्थालगायत उठाएको चासोर सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।
मंगलबारको वार्तामा नेकपाका महासचिव बिष्णु पौडेल, नेताहरु योगेश भट्टराई, दिनानाथ शर्मा, कृष्णगोपाल श्रेष्ठ, नवराज सिलवाललगायत सहभागी थिए भने महासंघको तर्फबाट वार्तामा उपाध्यक्ष बिपुल पोखरेल, महासचिव रमेश बिष्ट, सचिव उदय जिएमलगायतको सहभागिता रहेको थियो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया