• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

विश्वकप क्रिकेटः फाइनलका लागि आज भारत र न्युजिल्याण्ड खल्दै

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार ०९:५२

काठमाडौंः इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज मंगलबार भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । म्यानचेष्टरको ओल्ड ट्राफोर्डमा मैदानमा हुने यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

लिग चरणमा भारतले शीर्ष स्थानमा रहंदै सेमिफाइनलमा स्थान बनाएको हो । भारतले खेलका ९ खेलमध्ये सातमा जित, एकमा हार र एकमा अंक बाँड्दै १५ अंक बनाएको छ । यसअघि लिग चरणमा न्युजिल्यान्ड र भारतबीचको खेल भने भएन । पानी परेर खेल रद्द भएपछि दुवै टिमले समान १–१ अंक बाँडेका थिए ।
न्युजिल्यान्ड भने लिग चरणमा चौथो हुँदै सेमिफाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्डले खेलका ९ खेलमध्ये पाँचमा जित, तीनमा हार र एकमा पानीको कारण अंक बाँड्दै ११ अंक बनाएको छ । यस खेलको विजेताले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछन् ।

Kamana Sewa

प्रतिकृया