• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

प्रस्तावित चार राजदूतको नाम अनुमोदित

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार १०:०२

विभिन्न चार देशका लागि प्रस्तावित राजदूतहरु अनुमोदित भएका छन् । हिजो बसेको संसदको विशेष सुनुवाइ समितिले सबै राजदूतको नामलाई अनुमोदन गरेको हो । समितिले अष्ट्रेलियाका लागि प्रस्तावित महेशराज दाहाल, बंगलादेशका लागि बंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका दाबा फुटुङ शेर्पाको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

समिति सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित व्यक्तिहरुको योग्यता, क्षमता, अनुभवको आधारमा उक्त पदका लागि योग्य देखिनुभएको हुँदा उहाँहरुको नाम सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको बताउनु भयो ।

Kamana Sewa

प्रतिकृया