• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

विश्वकप क्रिकेट अन्तरगत अफगानिस्ताविरुद्ध वेष्ट इण्डिजको जीत

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार ०८:३१

एजेन्सीः इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई वेष्ट इण्डिजले २३ रनले पराजित गरेको छ । विश्वकप अन्तर्गत बिहिबार भएको लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजसँग २३ रनले पराजित हुँदै अफगानिस्तान अंकविहीन बनेको छ । यो हारसंगै अफगानिस्तानले विश्वकपको सबै ९ खेलमा हार व्यहोरेको छ । र, अफगानिस्तान लिगको पुछारमा रहदै विश्वकप यात्रा अन्त्य गरेको छ ।

लिड्समा वेष्ट इण्डिजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २८८ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इक्राम अलिखिल र रहमत साहले अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन नसकेका हुन ।
विश्वकपमा सर्वा्धिक कम उमेरमा अर्धशतक बनाउने तेस्रो खेलाडी बनेका अलिखिलले ८६ रन बनाए । रहमतले ६२ रन बनाए । यस्तै अफगान अस्घरले ४० तथा नाजिबउल्लाह जड्रानले ३१ रन जोडे। वेष्ट इण्डिजका लागि कार्लोस ब्रैथवेटले ४ तथा केमार रोकले ३ विकेट लिए । वेष्ट इण्डिजका साही होप, इभिन लुइस र निकोलस पुरनले अर्धशतकीय इनिङ्स खेले । होपले सर्वा्धिक ७७ रनको इनिङ्स खेले । ९२ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरे ।

Kamana Sewa

यस्तै इभिन लुइस र निकोलस पोरनले समान ५८ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान जासन होल्डरले ४५ र सिम्रन हिट्मायरले ३९ रनको योगदान गरे ।अफगानिस्तानका डलट जद्रानले २ तथा मोहमद नाबी, सायद सृजाद र राशिद खानले समान १(१ विकेट हात पारे । वेष्ट इण्डिजले ९ खेलबाट ५ अंक जोडेर विश्वकप यात्रा अन्त्य गरेको छ । वेष्ट इण्डिज पुछारबाट दोस्रो स्थानमा रह्यो । योसँगै अफगानिस्तान विश्वकपमा जितविहीन बन्दै घर फर्कने तेस्रो राष्ट्र बनेको छ । यसअघि सन् १९७९ मा भारत र १९८७ मा मा श्रीलंका जितविहीन घर फर्किएका थिए ।

Classic Tech Desktop

प्रतिकृया