सांसद बस्नेतद्धारा आयोजनाको स्थलगत निरीक्षण, कमिकमजोरी सुधार्न सुझाव
प्रकाशित मिति
२०७६ असार २० गते, शुक्रबार ०८:२५
नेकपाका केन्द्रिय सदस्य, पूर्बमन्त्री, प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेतको नेतृत्वमा जनप्रतिनिधि र स्थानीयवासी द्वारा सूर्य्विनायक नगरपालिका वडा नं २ र ७ भित्र, क्षेत्र विकास कोष (सांसदकोष) र संघीय सरकारको बजेट बाट काम भैरहेका विभिन्न स्थानका आयोजनाहरुको स्थलगत निरीक्षण गर्नुको साथै देखिएका गल्ती, कमिकमजोरी र त्रुटिहरु सुधार्न सुझाव दिनु भएको छ ।

निरिक्षण भएका आयोजनाहरुमा कटुञ्जे तीनधार सडक कालोपत्रे, राउत गाउँ–हाक्ति गौंडा सडक, १ लाख क्षमताको किवाचोक खानेपानी ट्याङ्की, बुढि गण्डकी खोलाबाट सूनपा ७ वडा कार्यालय जाने सडक, प्राणी उद्यानको रिटेनिङ वाल, सिलामगाल घ्याम्पेडाँडा जाने सडक ढलान, ६ मिटरको घट्टाबाँधबाट पाइलटबावा जाने सडक विस्तार, ठाडो कुलोबाट डाँडा खेत जाने सिचाई कुलो, हाक्ति गौंडाबाट सूनपा ७ वडा कार्यालय जाने सडक, रानीखोला बाँधबाट वाग्लेटोल हुँदै परियार टोल जाने सडक, तार्केश्वर बसपार्क जाने सडक, गुण्डु चोकको सामुदायीक भवन, ३ लाख लिटरको गुण्डु वृहत्त काखोपानी ट्याङ्की, ज्योती स्कुलको भवन पुनः निर्माण, भैरवी स्कुलको भवन पुनः निर्माण, हात्ति गौंडाको फटसल लगायतका रहेका छन् ।

सूर्य्विनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले सांसद बस्नेतको नेतृत्वमा भक्तपुरको विकासले तिव्रता पाएकोे बताउनुभयो । उहाँले सांसद बस्नेतको विकासमा जोस, जाँगर तथा उत्साहको साथमा स्थानीय जनप्रतिनिधि तथा जनताको साथ र सहयोगले नै भक्तपुर विकास निर्माणमा नेपालकै नमुना जिल्लाको रुपमा अघि बढिरहेको बताउनुभयो ।
फोटो फिचर












प्रतिकृया