मन्त्री पोखरेललाई अनेरास्ववियू (क्रान्तिकारी)को ज्ञापनपत्र
प्रकाशित मिति
२०७६ असार १८ गते, बुधबार ०३:१७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले ज्ञापनपत्र बुझाएको छ ।
उक्त ज्ञापनपत्रमा शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, सर्वसुलभ एवं निःशुल्क गर्नुपर्ने, शैक्षिकसत्र शुरु भएसँगै निजी शैक्षिक संस्थाले गैरकानूनी रुपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्घि तत्काल खारेज गर्नुपर्ने, गत वर्ष संयुक्त विद्यार्थी सङ्गठन र शिक्षा मन्त्रालयबीच भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।
यस्तै इञ्जिनीयरिङ शिक्षाको विषयमा राज्यले प्रष्ट मापदण्ड बनाई वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने, मेडिकल कलेजले मापदण्डभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गरी वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने, विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा अव्यवस्थित र गैरकानूनी रुपले सञ्चालनमा रहेका कलेजलाई कानूनी प्रक्रिया पूरा गराइ निश्चित शुल्क, छात्रवृत्तिलगायत मापदण्ड पारदर्शी बनाउनुपर्नेलगायत माग रहेका छन् ।
बुधबार शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुल्झाउन दशबुँदे ज्ञापनपत्र क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीद्वारा बुझाएको हो ।






प्रतिकृया