• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

समयमा टेन्डर नहुने कार्यशैलीलाई परिवर्तन गर्न सांसदहरुले माग

प्रकाशित मिति

२०७६ असार १८ गते, बुधबार ०३:०५

राष्ट्रिय सभाको बैठकमा आज समयमा टेन्डर नहुने कार्यशैलीलाई परिवर्तन गर्न सांसदहरुले माग गरेका छन ।

National Life

बैठकमा सांसद कालीबहादुर मल्लले समयमा टेन्डर नहुने कार्यशैलीलाई परिवर्तन गर्न आवश्यक कानूनको तर्जुमा गर्नुपर्ने र सांसद रमेशजङ्ग रायमाझीले तराई मधेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मन्त्रीले आफ्नै क्षेत्रमा छुटाइएको, सुन, निर्मला पन्त हत्या, वाइडवडी जस्ता काण्डका दोषीलाई के गरियोरु भनी प्रश्न गरेका थिए ।

त्यस्तै सांसद राधेश्याम अधिकारीले संविधानले परिकल्पना गरेको आधारभूत शिक्षा दिन सकिन्छ वा सकिदैन साथै विद्यालयलाई बलियो बनाउन उपयुक्त कार्यक्रम बजेटले ल्याउन नसकेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा आज विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिञ्चाई, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र र गृह मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको छ ।

 

 

प्रतिकृया