• ४ साउन २०८३, सोमबार
  • ७:१२ बेलुका

रिक्त रहेको ५० ठाउँको उपनिर्वाचन कार्तिकमा

प्रकाशित मिति

२०७६ असार १८ गते, बुधबार १२:१३

निर्वाचन आयोगले रिक्त रहेको देशका ५० ठाउँको उपनिर्वाचन कार्तिकमा गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त उपनिर्वाचनका लागि काम अघि बढाउन निर्देशन गरेपछि  आयोगले कार्तिक मसान्तसम्ममा निर्वाचन गराउने कार्ययोजना अघि सारेको हो ।

आयोगले विभिन्न कारणले रिक्त रहेको जनप्रतिनिधिविहीन संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी भएको हो ।

Kamana Sewa

आयोगका अनुसार अहिले केन्द्रमा १ जना र प्रदेशमा ३ जना, नगरप्रमुखमा १, गाउँपालिकाका अध्यक्ष २ र वडाअध्यक्षमा ४३ जना वडा अध्यक्षको पद रिक्त रहेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया