• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

मुख्यमन्त्री डोरमणि पौडेल चीन प्रस्थान

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार ०३:२५

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल चीन प्रस्थान गरेका छन ।

National Life

आज मुख्यमन्त्री पौडेल नेतृत्वको एक प्रतिनिधिमण्डल चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका हुन ।मुख्यमन्त्री पौडेलका साथमा उहाँकी धर्मपत्नी विजया पौडेल, प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घले, सत्तारुढ नेकपाका जुनेली श्रेष्ठ, कञ्चन खनाल एवं मुख्यमन्त्री कार्यालयका उच्च अधिकृतसहित सात पदाधिकारी प्रतिनिधिमण्डलमा सहभागी रहेका छन ।

चीनको लाम्झाउ शहरमा यही असार १९ देखि २३ गतेसम्म आयोजना हुने ‘पच्चीसौँ चाइना लाम्झाउ इन्भेष्टमेन्ट ट्रेड फेयर’को उद्घाटन समारोहमा सहभागी हुन मुख्यमन्त्री तथा मन्त्रिपरिष्द्को कार्यालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया