• ३१ भदौ २०८३, बुधबार
  • ३ः३६ दिउँसो

अर्थमन्त्री र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता

प्रकाशित मिति

२०७६ असार १४ गते, शनिबार ०९:१२

काठमाडौँ, अर्थमन्त्री डा. युवराज खतिवडासँग विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएन्जेलोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटबार्तामा उपाध्यक्ष डिएन्जेलोले नेपालको आर्थिक सुधारबाट विश्व बैंक प्रभावित भएको बताउनुभएको छ । सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नतिहुने र सन् २०३० सम्ममा कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्य हासिल गर्न वर्तमान सरकार कटिवद्ध रहेको चर्चा गर्दै यसका लागि बिश्व बैंकको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्नुभयो ।

National Life

मुलुकको दीर्घकालीन सोचका बारेमा उपाध्यक्ष तथा महालेखा परीक्षकले राखेको जिज्ञासामा अर्थमन्त्री खतिवडाले विश्व बैंकले आगामी दिनमा पुर्याउन सक्ने थप सहयोगको अपेक्षासहित नेपालले अवलम्बन गरेका दीर्घकालीन सोंचका बारेमा जानकारी गराउनुभयो । उहाँले विकासशील राष्ट्रको स्तरबाट स्तरोन्नति हुने मापदण्ड नेपालले करिब–करिब पूरा गरिसकेको जानकारी दिनुभयो ।

प्रतिकृया