• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

कोरियन भाषा परीक्षाको नातिजा सार्वजनिक

प्रकाशित मिति

२०७६ असार १३ गते, शुक्रबार १०:४५

गएको जेठ २५ र २६ गते लिइएको कोरियन भाषा परीक्षाको नातिजा सार्वजनिक भएको छ ।परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ । कृषिमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जना परीक्षार्थी छनोट गर्ने कोटा निर्धारण गरेको छ ।

भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो । कोरियाले पहिले जानकारी नगराएकाले वेवसाइटमा राख्न ढिला भएको र अहिले राख्ने काम भैरहेको उहाँले जानकारी दिनुभयो ।

Kamana Sewa

 

Classic Tech Desktop

प्रतिकृया