• ३ असोज २०८३, शनिबार
  • ३ः४४ दिउँसो

व्यापारवार्ता पुनः शुरू हुने अमेरिकी विश्वास

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार १०:०९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच शनिवार जापानमा हुने भेटपछि चीनसँगको व्यापारवार्ता पुनः शुरू हुने विश्वास अमेरिकी अधिकारीहरूले व्यक्त गरेका छन् । अमेरिकी शीर्ष अधिकारीले यो वार्तामा अमेरिकाको आयातकरमा कुनै शर्त भने स्वीकार नगरिने बताएका छन् ।

National Life

शनिवार हुने वार्तामा कुनै प्रगति नभए अमेरिकाले अर्को चरणको कर बढाउने चेतावनी दिँदै आएको छ । अमेरिकाले अबको चरणमा चिनियाँ स्मार्टफोन, कम्प्युटर, कपडालगायत सामग्रीमाथि आयातकर बढाउने रहने बताएको छ । ट्रम्पले थप ३ खर्ब २५ अर्ब डलरका चिनियाँ सामग्रीमाथिको आयातकर बढाउने चेतावनी दिएका छन् । उनले चीनको व्यावसायिक नीतिमा आपत्ति व्यक्त गर्दै आएका छन् । चीनले व्यापारवार्तामा आफू मात्रै लचिलो बन्ने संकेत दिएको छैन । चीनले व्यापार सम्झौताका लागि दुवै मुलुक लचिलो बन्नुपर्ने बताएको छ । यो सम्झौताबाट दुवै मुलुकका लागि फाइदा हुनुपर्ने उसको भनाइ छ ।

यसअघि भएको व्यापार वार्ता गत मेमा विना सम्झौता टुंगिएको थियो । त्यति बेला अमेरिकी अर्थमन्त्री स्टिभ म्नुशिनले वार्ता ९० प्रतिशत सफल भएको बताएका थिए । तर, चीन आफ्नो प्रतिबद्धताबाट बाहिरिएको भन्दै अमेरिकाले २ खर्ब चिनियाँ सामग्रीमा कर बढाउने निर्णय गरेसँगै व्यापार वार्ता टुंगिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

ट्रम्पका सल्लाहकारहरूले चीनसँग हुने आगामी वार्तामा कुनै सम्झौता हुने अपेक्षा नरहेको बताएका छन् । तर, वार्ताका लागि आगामी बाटो भने निर्माण गर्ने उनीहरूको विश्वास छ । चीनले अमेरिकालाई चिनियाँ आफ्ना उत्पादनमाथिको सबै कर हटाउन आग्रह गर्दै आएको छ । तर, अमेरिकाले भने चीनले अमेरिकी प्रविधि कम्पनीलाई पनि सामान अवसर दिनुपर्ने माग राख्दै आएको छ । यसैबीच अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसले अमेरिकाले चीनसँग व्यापारयुद्धमा जित नचाहेको बताएका छन् । उनले अमेरिका चीनसँग केवल तर्कसंगत व्यापारिक सम्झौताको पक्षमा रहेको बताएका हुन् । अहिले चीनले अस्वस्थ व्यापार गर्दै आएकाले त्यसलाई सच्याउनु जरुरी रहेको रोसको भनाइ छ । आर्थिक अभियान

प्रतिकृया