उपत्यकाका सातै ‘विश्व सम्पदा’ ‘खतराको सूची’मा राख्ने युनेस्को प्रस्ताव
प्रकाशित मिति
२०७६ असार १२ गते, बिहीबार ०८:२०
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले विश्व सम्पदा सूचीमा रहेका उपत्यकाका सबै सम्पदालाई ‘खतराको सूची’मा राख्ने प्रस्ताव राखेको छ । जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने युनेस्कोको ४३औँ सेसनमा यो प्रस्तावबारे छलफल हुने छ । प्रस्ताव पारित भए विश्व सम्पदामा सूचीकृत काठमाडौं उपत्यकाभित्रका सम्पदाको अन्तर्रा्ष्ट्रिय पहिचान संकटमा पर्ने चिन्ता पुरातत्व विभाग स्रोतले गरेको छ । काठमाडौं उपत्यकामा काठमाडौ–ललितपुर–भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, चाँगुनारायण, बौद्धनाथ र स्वयम्भूनाथ क्षेत्र विश्व सम्पदा सूचीमा छन् ।
युनेस्कोले उपत्यकामा भूकम्पले क्षतिग्रस्त पुरातात्त्विक दरबार र मन्दिर पुनर्निर्माणमा ढिलो गरेको, सम्पदा संरक्षण ध्यान दिन नसकेको, पशुपतिनाथ क्षेत्रको बिचबाट बाटो खोलेको, कंक्रिट संरचना बनाएको उल्लेख गर्दै खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । कान्तिपुर दैनिक




प्रतिकृया