• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

मन्त्री बिना मगरको कार्यक्रममा:कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउन लाग्दा नेकपाका कार्यकर्ता संग झडप

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार ०२:१९

पुनर्वास नगरपालिकाको नगर अधिबेशन उद्घाटन गर्न निर्वाचन क्षेत्र आउदै गेरेकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रतिपक्षी दल नेपाली कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउन  कार्यकर्ता संग झडप हुँदा ४ जना कांग्रेस कार्यकर्ता घाईते भएका छन ।

National Life

 

घाइतेहरुको कैलालीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार भइ रहेको छ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बिना मगरलाई कालो झण्डा देखाउने कार्यक्रम तय भए पछि झन्डै ३०० सुरक्षा कर्मी परिचालन गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

धनगढीबाट निर्वाचन क्षेत्र आउदै गरेकी मन्त्री मगरलाई कालो झण्डा देखाउन पुनर्वास नगरपालिका १० डोकेबजार पुगेका नेपाली कांग्रेसका कार्यकर्ता माथी नेकपाका कार्यकर्ता बिच झडप भए पछि नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्याय , नेपाली कांग्रेस बेलौरी नगर सचिब बिक्रम चन्द, नेता हरेन्द्रसिह बिष्ट र कार्यकर्ता कृष्णबहादुर चन्द घाइते भएका छन् ।

 

 

प्रतिकृया