प्रधानमन्त्री रोजगार कार्यक्रम विधि तथा कानुनसम्मत :मन्त्री विष्ट
प्रकाशित मिति
२०७६ असार ९ गते, सोमबार ०४:४५
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधि तथा कानुनसम्मत सञ्चालन भएको बताउनुभएको छ ।उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधि, निर्देशिका, क्षेत्र कार्यान्वयनको विधि, अनुगमन र भुक्तानीको विधी तय गरिएको जानकारी गराउनुभयो ।
उहाँले सरकारले बेरोजगार व्यक्तिलाई दलिय कार्यकर्ताको दृष्टिकोणमा व्यवहार नगरेको र आफ्नो दायित्व र कर्तव्यलाई इमान्दारीतापुर्वक पुरा गर्ने तर्फ गम्भीर रहेको स्पष्ट पार्नुभयो ।प्र तिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तरगत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको उत्तर दिँदै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तह अन्र्तगत कार्यान्वयन गर्ने गरि कार्यक्रम पठाइएको बताउनुभयो ।
उहाँले आईटी, कृषि, वन, पर्यटन लगायतका क्षेत्रलाई जोडेर आगामी आर्थिक बर्षमा कम्तिमा ५ लाख रोजगारी श्रृजना गर्ने गरि योजना बनाएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारी बारे मलेसियाका सम्बन्धमा सरकारले स्वास्थ्य परीक्षण मापदण्ड पठाएको र केही समयमा सबै विषय टुंगोमा पुग्ने जानकारी गराउनुभयो ।
स्वदेशमा नै अधिकतम रोजगारीको अवसर श्रृजना गरी बैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको बताउँदै उहाँले रोजगार संयोजकको छनौट गर्दा १५ मिनेटमा नै परीक्षार्थीले नतिजा पाउने व्यवस्था गरेको जानकारी गराउनुभयो ।






प्रतिकृया