• ३२ साउन २०८३, सोमबार
  • १०:०३ बेलुका

नेपाल टेलिभिजन बाट ‘बैंकिङ सेरोफेरो’ कार्यक्रम सञ्चालन

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०४:०२

बैंकिङ एण्ड फाईनान्सियल सोलुसन प्रा.लि.ले यही असार ११ गतेबाट नेपाल टेलिभिजन न्यूज च्यानलमाफर्त ‘बैंकिङ सेरोफेरो’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यस्तो जानकारी गराएको हो ।  उक्त कार्यक्रम हरेक हप्ता बुधबार बेलुका ८ः५० बजे प्रशारण हुनेछ ।

बैंकिङ तथा वित्तिय समस्याको समाधान मूल नाराका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको प्रा.लि.का अध्यक्ष मनोज पौड्यालले जानकारी दिए ।

Kamana Sewa

उनले आफ्नो संस्थाले वित्तिय संस्थासँग सम्बन्धित जुनसुकै समस्याको समाधान गर्न ग्राहकवर्गलाई गुणस्तरीय, भरपर्दो र सर्वशुलभ परामर्श उपलब्ध गराउने पनि विश्वास दिलाए ।

Classic Tech Desktop

बैंकिङ क्षेत्रमा बढ्दो प्रतिष्पर्धा र नाफामूखीकरणले गर्दा संचालक समितिले व्यवस्थापनलाई नाफा बढाउन दबाब र लक्ष्य दिने गरेको सुनाउँदै पौड्यालले भने,‘व्यवस्थापन पक्षबाट दैनिक रुपमा ऋण बढाउने, बैंकासुरेन्स गर्ने, निक्षेप बढाउने आदिको लक्ष्य दिई समयमै सो लक्ष्य पुर्ति गर्न दबाब एवम अफर दिईनेछ ।’

आफूहरुले कागजपत्र बनाउने नभएर बनाउनको लागि सहयोग तथा मार्गदर्शन गर्ने पनि उनले जनाए । उनले भने,‘राम्रो उद्देश्य लिएर आउनुभयो भने र नियत सफा भयो भने ऋण लिनको लागि हाम्रो संस्थाले सहयोग गर्छ ।’

कार्यक्रममा उनले आफूले नेपालमा अति नै आवश्यक रहेकोले यो खालको कार्यक्रम सञ्चालन गर्न लागेको स्पष्ट पारे । अहिले प्रतिष्पर्धाको जमाना रहेकोले विभिन्न बैंकले आ–आफ्नै नीति तथा नियम बनाएकोले आफूहरुले सही परामर्श दिने पनि उनले जनाए ।

कमर्सियल बैंकहरुको व्याजदर नै धेरै फरक पाएको सुनाए । सस्तो व्याजदरमा पनि जान सकिने सम्भावना हुँदाहुँदै किन महँगो व्याजदरमा जाने भन्नेबारे आफूहरुले पर्याप्त जानकारी गराए ।

प्रतिकृया