• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

आफू उच्च सम्पन्न परिवारको एक्लो वारेश हो भनी ठगी गर्ने महिला पक्राउ

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०१:१६

आफू उच्च सम्पन्न परवारको एक्लो वारेश हो भनी ठगी गर्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने महोत्तरी औरी नगरपालिका-३ का २१ वर्षीया डायन सेकेन्डलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

National Life

भारत महाराष्ट्र फलबर रेलनगर बस्ने ३८ वर्षीय श्रीपाल जैनले प्रयोग गर्ने फेसवुक आइडीमा डियाना रोज फेसवुक प्रयोग गर्ने डायन सेकेन्डले फ्रेन्ड रिक्वेस्ट पठाई आफू सम्पन्न र उच्च पारिवारिक पृष्ठभूमिको भएको र सम्पूर्ण पारिवारिक व्यवसायको एक्लो वारेश समेत रहेकोले भारतमा रहेको आफ्नो व्यवसाय निज श्रीपाल जैनलाई मिलाईदिन्छु भनि प्रलोभन देखाई २३ लाख रुपैयाँ ठगी गरी फरार भएकी थिइन् ।

डायनले जैनलाई नेपालमा बोलाई नेपालबाट मुम्वई फर्कने क्रममा शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कस्टममा पुगेपछि आफ्नो बाबुले पठाएको बहुमूल्य सामान प्राप्त गर्न ठुलो भन्सार रकम आवश्यक परेको भन्ने बहाना बनाई जैनसँग उक्त रकम लिई फरार भएपश्चात महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-३२ नरेफाँटमा फेला पारी पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै प्रहरीले सोही स्थानमा रहेको उनको कोठाबाट ठगी गरेको रकम मध्येको २० लाख ८० हजार रुपैयाँ, राहदानी १ थान, आइएमई गरेको भौचर ४ थान, बिभिन्न कार्डहरु १० थान समेत बरामद गरेको छ ।
डायनलाई ठगी सम्वन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

प्रतिकृया