• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

प्रधानमन्त्री बाबिसकाे राजीनामा माग्दै विशाल प्रदर्शन

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०१:०५

युरोपेली देश चेक रिपब्लिकमा प्रधानमन्त्री आन्ड्रेज बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको छ ।

National Life

राजधानी प्रागमा ‘मिलियन मोमेन्ट्स अफ डेमोक्रेसी ग्रुप’ले आपराधिक गतिविधिमा संलग्न भएको र राष्ट्रघात गरेको आरोप लगाउँदै प्रधानमन्त्री बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन गरेको हो ।

चेक रिपब्लिकमा भएको प्रदर्शन सन् १९८९ पछिकै ठूलो भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री बाबिसमाथि युरोपियन युनियनले दिएको २ मिलियन युरो अनुदान हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया