नेपाल प्रहरीको रासनभत्ता साउन १ देखि लागू हुने
प्रकाशित मिति
२०७६ असार ९ गते, सोमबार १०:३७
सरकारले नेपाल प्रहरीको रासनभत्ता साउन १ देखि लागू हुने गरी बढाउने भएको छ ।
सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । ‘साउनदेखि नयाँ दरअनुसार प्रहरीले रासनभत्ता पाउने छन्,’ प्रहरीको बजेट महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘बजेट आइसकेको छ, नयाँ दर स्वीकृतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।’
प्रहरीलाई ०७५ मा तय भएको दरअनुसार रासनभत्ता दिइने छ । नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक–फरक छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एक समितिले मूल्यवृद्धिअनुसार हरेक वर्ष भत्ताको दर परिमार्जन गर्दछ ।
तर, ०७१ सालयता रासनभत्ता मूल्यवृद्धिअनुसार समायोजन हुन सकेको थिएन । बढेको भत्ता पाउनुपर्ने प्रहरीले माग गर्दै आएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया