• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

कर छल्नेविरुद्ध तीन अर्ब बिगो दाबी

प्रकाशित मिति

२०७६ असार ७ गते, शनिबार ०७:२८

 

National Life

काठमाडौं । निम्न आर्थिक अवस्था भएका व्यक्तिका नाममा कम्पनी दर्ता गरेर नक्कली मूल्य अभिवृद्धि कर भ्याट बिलबाट कारोबार गरी राजस्व छली गर्नेविरुद्ध सरकारले करिब ३ अर्ब रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, झुटा तथा नक्कली बिजक तयार गरी राजस्व छल्ने सुनसरी इनरुवा–९ घर भई भक्तपुर ठिमी बस्ने गोपाल प्रसाद भट्टराई, रिम्बरध्वज कार्कीसहित १५ जनाविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

राजस्व अनुसन्धान विभागले दायर गरेको अभियोगपत्रमा दुई अर्ब ९८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरी तीन वर्ष कैद र बिगोको दुई गुणा जरिवाना माग गरिएको छ ।

प्रतिकृया