• १९ असार २०८३, शुक्रबार
  • ५:१६ बेलुका

विश्वकप क्रिकेट : अफगानिस्तान भर्सेस  भारत

प्रकाशित मिति

२०७६ असार ७ गते, शनिबार ०७:२६

 

अहिलेसम्म आफ्ना पाँचै खेलमा पराजित भएको अफगानिस्तानले आईसीसी एकदिवशीय विश्वकपमा अझै कठिन प्रतिस्पर्धी भारतसँग साउथह्याम्प्टनमा खेल्दैछ ।

Kamana Sewa

यस खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि ह्याम्प्सायर बल मैदानमा सुरु हुनेछ । शनिबार साउथह्याम्प्टनमा वर्षाको सम्भावना छैन । दिनभर घाम लाग्नेछ । यस मैदानमा अहिलेसम्म दोस्रो ब्याटिङ गर्ने टिमले अधिकांश खेल जितेको छ ।

Classic Tech Desktop

भारतले विश्वकपमा अहिलेसम्म उच्च प्रदर्शन गरेको छ ।अफगानिस्तानको विपरित भारत प्रतियोगितामा अपराजित छ ।

उसका उच्चक्रमका ब्याट्सम्यानले निरन्तर एकरुपको प्रदर्शन गरिरहेका छन् । बलर र फिल्डिङमा पनि भारतको प्रदर्शन उत्कृष्ट छ । आफ्ना मुख्य खेलाडीको चोटले भारतीय व्यवस्थापन चिन्तित भने छ ।

अफगानिस्तानबिरुद्धको खेलमा ह्याम्स्ट्रिङको चोट झेलिरहेका भुवनेश्वर कुमारको स्थान मोहम्मद सामीले लिने सम्भावना छ । विजय शंकरको फिटनेसमा पनि शंका छ । उनी बुधबारको प्रशिक्षणमा जसप्रित बुमराहको बल खुट्टामा लागेपछि दुखाइ खेपिरहेका छन् ।

अफगानिस्तानले यसअघि ब्यहोरेका सबै खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर देखिएको छ । इंग्ल्याण्डबिरुद्धको पछिल्लो खेलमा उसले ३ सय ९८ रनको लक्ष्य पछ्याउनुपरेको थियो । जुन विश्वकप इतिहासमै सर्बाधिक योगफल हो ।

त्यस खेलमा अफगानिस्तानले पूरै ५० ओभर ब्याटिङ गरेपनि १५० रनको पराजय ब्यहोरेको थियो ।

प्रतिकृया