• १ असोज २०८३, बिहीबार
  • १०ः५८ बिहान

ललितपुर प्रमुखले आफूखुसी काम गरेको नेकपा सदस्यहरूको आरोप

प्रकाशित मिति

२०७६ असार ७ गते, शनिबार ०६:११

ललितपुर । ललितपुर महानगर प्रमुखले आफूखुसी काम गरेको नेकपा सदस्यहरूले आरोप लगाएका छन्। उनीहरूले नगरपालिका बोर्डका सदस्यसँग सल्लाहै नगरी इन्जिनियरका लागि विज्ञापन आह्वान गरेकोमा आपत्ति जनाएका छन्। उनीहरूले यसैको विरोधस्वरूप महानगरको ७३ औं बोर्ड बैठक बहिष्कार गरेको जानकारी दिए।

National Life

‘मेयरले मनोमानी निर्णय गरेकाले बैठक बहिष्कार गर्नुपरेको हो’, ललितपुर महानगरपालिका–१५ वडाका अध्यक्ष सुदर्शन मिश्रले मेयर सधैं पेलेर जाने मनस्थितिमा रहेको बताए। मिश्रले महानगरपालिकाका २९ वटै वडामा इन्जिनियर राख्नुपर्ने विषयमा मेयरले बेवास्ता गरेको बताए।

विकासका काम के–कति भए ? जनतालाई अहिलेसम्म के दियौ ? लक्षित वर्गले के पाए ? आफ्ना कमीकमजोरी के छन् भन्ने विषयमा मेयरले छलफल गर्न नचाहेको गुनासो गरेका छन्। आफन्त भर्ना गर्नका लागि २ गते विज्ञापन निकालिएको भन्दै समायोजनमा परेर आएका कर्मचारीलाई हाजिर नगरी दुःख दिएको बोर्डका सदस्यहरूले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

तर, मेयर महर्जनले भने सम्पूर्ण आरोपमा सत्यता नभएको जनाए। ‘प्रतिपक्षीहरू बहुमतको दम्भ देखाएर सधैं विरोध गर्छन्,’ महर्जनले भने, ‘कुनै काम गर्न दिँदैनन्।’ जहिले, जे कुरामा पनि विरोध गर्ने भएकाले काम अगाडि बढाउन नसकेको उनको भनाइ उनको छ। महर्जनले मेयरको अधिकार प्रयोग गर्न पाउनुपर्ने बताए।

उनका अनुसार महानगरपालिकाले एउटा गौरवशाली योजना तयार गरेको छ। उक्त योजनाको खाका प्राविधिक विज्ञ सुरेन्द्र गोविन्द जोशीले तयार गरेका हुन्। यसैका लागि हाललाई भइरहेका बाहेक कम्तीमा दुई जना इन्जिनियर चाहिने भएपछि २ गते विज्ञापन निकालिएको बताए।

जनशक्ति अभावका कारण महानगरपालिकामा कार्यरत इन्जिनियरहरूले अन्य योजना हेर्न नसक्ने अवस्था छ। कतिपय काम चाहेर पनि गर्न नपाएको महर्जन बताउँछन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रत्येक वडामा एक जना इन्जिनियर हुनुपर्ने व्यवस्था गरेको उनले बताए।

महानगरपालिकामा हाललाई इन्जिनियर र नगर प्रहरी आवश्यक रहेको जनाए। महानगरपालिकाका २९ वटै वडामा इन्जिनियर र ५० जना नगर प्रहरी राख्ने कुरामा प्रतिपक्षीले विरोध गर्दैआएको उनले बताए।

संविधानको अनुसूची ८ ले नगर प्रहरी व्यवस्थापन गरेको छ। सोहीअनुरूप दोस्रो नगरसभाबाट गत वर्ष नै बजेट छुट्याएर ५० जना नगर प्रहरी राख्ने निर्णय गरे पनि उक्त कार्य गर्न नपाएको भन्दै उनले गुनासो गरे। अन्नपूर्ण पोष्ट

प्रतिकृया