• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

सरकारसँग सहकार्य गरेरमात्रै गैरसरकारी संस्थाले कार्यक्रम सञ्चालन गर्न पाउने : मन्त्री पण्डित

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार १२:४९

काठमाडौं ।
सरकारले बिनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन नगर्न गैरसरकारी संस्थाहरूलाई प्रतिबन्ध लगाउने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारसँग सहकार्य गरेरमात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरूले आफ्नो कार्यक्रम सञ्चालन गर्न सक्ने बताउनुभएको छ ।

National Life

उहाँले सरकारको अनुमतिबिना कुनै पनि गैरसरकारी संस्थाहरूलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिनुभएको हो ।
बिहीबार काठमाडौंमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तर्रा्ष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहलाई जनताको कामप्रति जवाफदेही बनाउन सरकारले सो ऐन परिमार्जन गरेर अघि बढ्ने निष्कर्ष निकालेको भन्दै स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार सञ्चालन ऐन’ परिमार्जन गर्न लागिएको बताउनुभयो ।

मन्त्री पण्डितले संघीय सरकार संविधान अनुसार चलेको र संविधानको परिधिभित्र रहेर स्थानीय तहलाई जनताको अपेक्षा अनुसार काम गर्न सक्ने बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्न लागि परेको उहाँको भनाइ थियो ।
मन्त्री पण्डितले जनताको आकांक्षालाई सम्बोधन गर्न सरकारले स्थानीय तहमा अभिमुखिकरणको कार्यक्रमलाई तीव्रता दिइरहेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया