• २१ असोज २०८३, बुधबार
  • २ः५३ दिउँसो

भक्तपुरमा टिपर र स्कुटी ठोक्किएः स्कुटी चालक श्रेष्ठको मृत्यु

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार ०४:३६

भक्तपुरको सुर्यविनायक नगरापालिका–९ स्थित नलिनचोकमा टिपर र स्कुटी ठोक्किदा स्कुटी चालकको मृत्यु भएको छ ।

National Life

मंगलबार बिहान ११ः५५ बजे जगाती बाट साँगा तर्फ जादै गरेको बा४ख५६७१ नम्बरको टिपरसँग सोही दिशा तर्फ जादै गरेको प्रदेश ३-०२-००३प१२६६ को स्कुटीले ओभरटेक गर्ने क्रममा ठोक्किएपछि उक्त दुर्घटना हुन पुगेको हो ।

टिपरको चक्कामा ठक्कर खाएका स्कुटी चालक काभ्रेपलाञ्चोक पाँचखाल घर भई हाल सुर्यबिनायक नगरपालिका–८ सिपाडोल बस्ने ३७ वर्षीय पदम बहादुर श्रेष्ठ उपचारको क्रममा मध्यपुर अस्पतालमा उपचारकै क्रममा १२:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

टिपर चालक जिल्ला रामेछाप सुनपाती नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २९ वर्षीय को लोक बहादुर श्रेष्ठ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको र आवश्यक अनुसन्धान कार्य भईरहेको समेत जनाइएको छ ।

प्रतिकृया