• ३२ साउन २०८३, सोमबार
  • ८:२५ बेलुका

कर्णालीमा जीप खस्यो,९ जना यात्रु् बेपत्ता

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार ०४:१५

कर्णाली नदीमा जीप दुर्घटना हुँदा ९ जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खसेको हो । जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाहीसहित १६ जना बेपता भएको याक्चु प्रहरीलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनु भएको छ । खार्पुनाथ गाउँपालिका ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट आज अपरान्ह १ बजे जीप दुर्घटना भएको हो ।

जीपमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेको साहयक प्रमुख जिल्ला अधिकारी पोखरेले जानकारी दिनुभएको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार कार्य भइरहेको छ । तर जीप नदिमा खसेको केही समयपछि कर्णाली नदीले पुरै छोपेकोले कुन ठाउँमा छ भन्ने थाहा नभएको जनाइएको छ । सिमकोट विमानस्थलबाट फिस्टेल एयरको हेलिकप्टरबाट घटनास्थलमा सुरक्षा निकाय पुगिसेकका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Kamana Sewa

प्रतिकृया