• १ भदौ २०८३, मंगलबार
  • ९:५१ बेलुका

छुट्टाछुट्टै स्थानमा ५ शव भेटिए

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार १२:१६

आज बिहान छुट्टाछुट्टै स्थानमा ५ शव भेटिएको छ ।

नवलपरासी, महोत्तरी, पर्सा, रौतहट र कपिलवस्तुबाट ५ शव भेटिएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१ मा आज बिहान काकाको घरमा आएका नवलपरासी बर्दघाट सुस्ता पुर्वको मध्यबिन्दु नगरपालिका १० अरुणखोलाका २६ वर्षीय सागर चितौरे आज बिहान पौने ८ बजे ओछ्यान मै मृत भेटिएका हुन् । बाथरुममा लागुऔषध प्रयोग गरेको भेटिएको र अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

Classic Tech Desktop

कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुर चोकमा रहेको सिजन होटलमा पनि आज बिहान ८ बजे रुपन्देहीको कालिकानगरका २९ वर्षीय सन्तोष क्षेत्री मृत भेटिएको र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

यसैगरी, महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरमा रहेको खाली चौरमा पनि आज बिहान पौने ६ बजे अन्दाजी २० वर्षीय युवक मृत भेटिएका छन् ।

 मृतकको सनाखत हुन बाँकी छ । टाउको फुटेको अवस्थामा युवक मृत भेटिएको र अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

यसैगरी, रौतहटको मटिहानी नगरपालिका–१ धिरापुरचौरमा पनि आज बिहान ५ बजे अन्दाजी २० वर्षीय युवकको शव भेटिएको छ । मृतकको सनाखत हुन बाँकी छ । मृतकको टाउकोमा चोट लागेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१७ आइसिटी गेट नजिकै आज बिहान ६ बजे भारतीय नम्बरको ट्रकका चालक ५० वर्षीय महन्थ यादव पार्किङमा राखेको ट्रकको छेउमा मृत भेटिएका छन् ।

 

प्रतिकृया