• ४ साउन २०८३, सोमबार
  • १:१७ बिहान

 पाँंचौ एभरेष्ट उपत्यकाव्यापी बास्केट बल प्रतियोगिता भक्तपुरमा सुरु

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०१:५९

पाँंचौ एभरेष्ट उपत्यकाव्यापी आमन्त्रण बास्केट बल प्रतियोगिता विहीबारदेखि भक्तपुरमा सुरु भएको छ ।

प्रतियोगिताको उदघाटन खेलमा जुनियर गल्र्सतर्फ १६ काविरुद्ध २८ स्कोर गरी जनप्रेमी स्कुललाई पराजित गरी ग्रामर स्कुल विजयी भए ।

Kamana Sewa

यस्तै यही दिन भएको दोश्रो खेलमा जुनियर व्याइजतर्फ ज्ञान निकेतनले जनप्रेमीलाई सातकाविरुद्ध ३१ स्कोरका साथ पराजित गरे ।

Classic Tech Desktop

प्रतियोगितामा काठमाडौं उपत्यकाका १९ वटा स्कुलहरु सहभागी रहेका थिए ।

प्रतियोगिता अन्तर्गत ५९ वटा खेलहरु सञ्चालन हुने जनाइएको छ ।

प्रतियोगिताको उदघाटन एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले संयक्त रुपमा गरेका थिए ।

प्रतिकृया