• ४ साउन २०८३, सोमबार
  • ६:३७ बेलुका

प्रधानमन्त्री ओलीले आजै फ्रान्सका प्रधानमन्त्री इडुवार्ड फिलिपसँग भेटवार्ता गर्ने

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०१:५१

प्रधानमन्त्री ओलीले आजै फ्रान्सका प्रधानमन्त्री इडुवार्ड फिलिपसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण बनेका जानकारी गराउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन ।

Kamana Sewa

बुधबार लण्डनबाट भूमिगत रेलमार्ग हुँदै फ्रान्सको राजधानी पेरिस पुगेका प्रधानमन्त्री ओलिले बिहीबार स्थानीय उद्योगी व्यवसायीको टोलीसँग भेटवार्ता गरेका छन ।

Classic Tech Desktop

उक्त भेटवार्ता क्रममा प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक स्थायित्व कायम भएर मुलुक समृद्धिको दिशामा अघि बढेको जनाउँदै लगानी जोखिम नरहेको बताए । कानुनी जटिलताहरु समेत अन्त्य गरिएको र वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरु छनौट गरिएको भन्दै निर्धक्क लगानी गर्न सकिने बताए ।

 

प्रतिकृया