• ४ असोज २०८३, आइतबार
  • २ः३४ दिउँसो

भारतिय क्रिकेटर युवराज सिंहद्धारा अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्यास को धोषणा

प्रकाशित मिति

२०७६ जेष्ठ २७ गते, सोमबार ०२:५०

गौरब निरौला । भारतिय क्रिकेटर युवराज सिंहले तत्कालै केहि प्रभाव पारेका हुनाले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । ३७ बर्षीय युवराज ले भारतको तर्फबाट २०१७ मा वेस्टइडिज विरुद्ध आफनो अन्तिम एकदिवसीय खेल खेलेका थिए ।

National Life

भारतले सन् २००७ मा टी–२० विश्वकप र २०११ एकदिवसीय क्रिकेट विश्वकप जित्दा उनी नै हिरो बनेका थिए ।
स्टायलिस ब्याट्सम्यानको छवि बनाएका युवराज आफ्नो करिअरको अन्त्य भएको घोषणा गर्दा भावुक बनेका थिए। युवराजले ४० टेस्टमा ३३.९२ को औषतमा १९ सय रन बनाएका छन्। जसमा ३ शतक र ११ अर्धशतक सामेल छन्।

वान डेमा युवराजले ३ सय ४ खेलमध्ये २ सय ७८ पारी खेल्दै ८ हजार ७ सय एक रन बनाएका छन्। विश्वकपमा २३ खेल खेल खेल्दै २१ पारीमा ब्याटिङ गरेका युवराजले ५२.७१ को औषतमा ७३८ रन बनाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

२०११ को विश्वकप भारतलाई जिताउँन युवराजको भुमिका महत्वपूर्ण रह्यो। विश्वकपको ८ पारीमा उनले ९०.५०को औषतमा ३६२ रन बनाए। त्यतिमात्रै नभएर बलिङमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो। उनले ९ म्याचमा १५ विकेट लिए। उनी प्रतियोगिताको ‘म्यान अफ द टुर्नामेन्ट’ समेत घोषित भएका थिए।

यस्तै २००७ को टि–२० विश्वकपका युवराजले धमाकेदार प्रदर्शन गरेका थिए। इंग्ल्याण्डका विरुद्धको खेलमा स्टुअर्ट ब्राडको ओभरमा उनले ६ बलमा ६ छक्का प्रहार गर्दै इतिहास रचेका थिए। सोही विश्वकपको सेमिफाइनलमा उनले अष्ट्रेलियाविरुद्ध ३० बलमा ७० रनमो पारी खेलेका थिए। उनको उत्कृष्ट प्रदर्शन मद्दतमा भारतले उक्त विश्वकप जितेको थियो।

२०१८ आईपीएलमा किंग्स एलेभन पंजाबसँग एक निराशाजनक स्टन्ट पछि युवराज सिंहलाई उनको आधार मूल्यको लागि मुम्बई इंडियनको रूपमा खरीद गरिएको थियो। २०१९ मा युबराजले मुम्बई इंडियन बाट खेलेकाभएपनि खासै धेरै खेल खेल्ने मौका भने पाएका थिएनन ।

त्यसैबीच युवराजलाई क्यान्सर लागेको थाहा भएको थियो। त्यसको उपचारका लागि अमेरिका गएका उनले क्यान्सरलाई पनि जित्दै क्रिकेटमा पुनरागन गरेका थिए।युवराज सिंह दोस्रो विश्वकपको विजयी प्रदर्शनको लागि सधैं सबैको सम्झनामा पक्कै आउनेछन ।

प्रतिकृया