• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

भारतीय अभिनेता तथा नाटककार कर्नाडको निधन

प्रकाशित मिति

२०७६ जेष्ठ २७ गते, सोमबार ०२:३५

भारतीय चलचित्र निर्देशक, नाटककार, तथा लेखक गिरीश कर्नाडको ८१ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९७० मा कन्नड फिल्म ‘संस्कार’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेका कर्नाडको सोमबार निधन भएको जनाइएको छ ।

Kamana Sewa

सन् १९९० को सुरुवातमा विज्ञानमा आधारित एक टेलिभिजन कार्यक्रम उनले सञ्चालन गरे । तत्कालीन समयमा यो निकै नै रुचाइएको विज्ञान कार्यक्रम थियो । सन् २०१७ मा रिलिज भएको यस चलचित्रमा उनले डाक्टर शेनोयको भूमिका निर्वाह गरेका थिए । उनका पसिद्ध कन्नड चलचित्रमा ‘तब्बालियू मगाने’, ‘ओंदानोंदु कलादाली’, ‘चेलुवी’, ‘कादु’लगायतका रहेका छन् ।

Classic Tech Desktop

उपन्यासकार आरे नारायणको पुस्तकका आधारित टीभी सिरियल ‘मालगुडी डेज’ मा उनले स्वामीको पिताको भूमिका निर्वाह गरेका थिए ।

उनले बलिउड फिल्म ‘निशान्त’, ‘मन्थन’, ‘पुकार’ ‘एक था टाइगर’ तथा ‘टाइगर जिन्दा हे’ लगायतका फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनको नाटक ‘ययाति’ नेपालमा समेत मञ्चन भएको थियो ।

गिरीश कर्नाडले सन् १९९४ मा साहित्य अकादमी पुरस्कार, सन् १९९८ मा ज्ञानपीठ पुरस्कार, सन् १९९२ मा पद्म भूषण, तथा सन् १९९८ मा कालिदास सम्मानजस्ता पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

गिरीश कर्नाडको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका राजनीतिज्ञ तथा विभिन्न कलाकार तथा लेखकले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिकृया