• २१ असोज २०८३, बुधबार
  • २ः४५ दिउँसो

दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छः राष्ट्रपति

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार ०१:५५

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनु भयको छ ।

National Life

वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५०औंं वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्ने कुरा मा जोड दिनु भयको छ । बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै उहा ले भननु भयो , “शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्छ ।” राष्ट्रपति भण्डारीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताउनु भयको छ ।

सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत सरकारले लगानी गर्नुपर्नेमा जोड दिँदै उहा ले सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्न पनि गुणस्तरीय शिक्षा जरुरी रहेको बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

अर्को एक प्रसङ्गमा राष्ट्रपति भण्डारीले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता दिन सरकारलाई सुझाव दिँदै सिक्टा सिंचाइ आयोजना, भेरी बबई डाइभर्सनलगायत यहाँको राष्ट्रिय गौरवका आयोजना निर्माणमा सरकारले चासो देखाउनुपर्ने बताउनु भयो । राष्ट्रपति भण्डारीले आजै अपराह्न २ बजे नेपालगञ्जमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको पनि बताउनु भयो ।
।

उहाँले सबै नागरिकले अनिवार्य र आधारभूत शिक्षा पाउनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनु भयको छ ।

प्रतिकृया