प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर का एक युवा पक्राउ
प्रकाशित मिति
२०७६ जेष्ठ २२ गते, बुधबार ०१:४८
भक्तपुर । चाँगुनारायण नगरपालिका—१ मा प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक युवा पक्राउ परेका छन ।
सोही स्थान बस्ने ४० वर्षीय बाबु कृष्ण रोक्काले सोमबार राति डिउटीमा खटिएको महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीलाई आर्थिक प्रलोभनाम पार्न खोजेपछि पक्राउ गरिएको हो ।

प्रहरीले बा६७प१३३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रोक्काले मादक पदार्थ सेवन गरेको पाइएपछि कारवाहीबाट बच्न प्रहरीलाई उक्त नगद दिन खोजेको बताइएको छ ।

साथै रोक्कालाई नियन्त्रणमा लिने क्रममा उनका साथी बा९५प६४१२ नम्बरको स्कुटर चालक सोही स्थान बस्ने २६ वर्षीय सुमन थापाले प्रहरीमाथि अभद्र ब्यवहार गरेकोले थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलेसमेत मादक पदार्थ सेवन गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।




प्रतिकृया